खेलकुद

गण्डकीमा खेलकूद एकेडेमी

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकूद पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकारले स्पोर्टस एकेडेमीको अवधारणा अगाडि बढाएको बताए । नेपाल कुँरास एशोसिएयशनद्धारा आज आयोजित अन्तर्राष्ट्रिय कुँरास रेफ्री गोष्ठीको उद्घाटन सत्रमा मन्त्री गुरुङले खेल क्षेत्रको विकासमा प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताए ।

सो अवसरमा पश्चिामाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले कुँरास खेलको सम्भावना धेरै छ भन्दै अन्तरराष्ट्रिय रेफ्रीको पोखरा गोष्ठीले यस क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । कुवेत कुँरास सङ्घका अध्यक्ष हमिद फर्मानले नेपालमा भएको अन्तरराष्टिय सेमिनारले यस खेलको विकास र प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

गोष्ठीमा नेपाल, हङकङ, ताइवान, थाइल्याण्ड, इण्डोनेशिया, कुवेत, अफगानिस्तान, कजाकस्तान र पाकिस्तानका २२ रेफ्रीको सहभागिता रहेको सङ्घका नेपाल अध्यक्ष धु्रव न्यौपानेले जानकारी दिए । नेपालमा २०१६ मा खेलकुद सङ्घमा दर्ता भएको सो खेलले सन् २००३ देखि एशियन च्याम्पपियनशिपमा सहभागी भएर प्रवीणकाजी श्रेष्ठले तेस्रो पदकसमेत जितेका छन् । यही चैत २० र २१ गतेसम्म हुने गोष्ठीमा खेलका विविध पक्षको बारेमा छलफल गरिने बताइएको छ