आर्थिक

अतुलनिय बिशेषतासहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ

काठमाडौँ । “बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइ रहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको छ । एनआई सी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औवर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषता रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजना सार्वजनिक गरेको छ । सवै तह र तप्काका आदरणिय ग्राहकलाई उपयुक्त “चमत्कारिक बचत खाता, चमत्कारिकनारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिक बाबुनानी बचत खाता,चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता आमजनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैँकले लिएको छ ।

उपरोक्त उल्लेखित निक्षेप योजनामा ग्राहकले १५ लाखसम्मको दुर्घटना बिमा र १५ लाखसम्मको १८ घातक रोगको बिमा तथा १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधासमेत प्राप्त गर्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनामा २२ चमत्कारिक फाइदा सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ ।यो चमत्कारिक बचत निक्षेप खाता बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालय, अनलाइनबाट ग्राहकले सहज रुपमा बिना झन्झट खोल्न सक्ने छन् ।  बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा माथी उल्लेखित सुविधाको अतिरीक्त नेपालमै पहिलो पटक क्धभभउ क्ष्ल – क्धभभउ इगत को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधा पाईने छन । देशैभरी रहेका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदालगायत चमत्कारिक फाइदाहरु समेत प्रदानगरिने गरी चमत्कारिक वचतखाताहरुको योजनाल्याइएको छ ।

चमत्कारिक बचत योजना अन्र्तगत रहेको चमत्कारिक विशेषताका अतिरीक्त थप फाइदा सहित सबै तह र तप्काका ग्राहकलाई अतिरीक्त फाइदा प्रदान गर्ने उद्देश्यले बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनासमेत सार्वजनिक गरेको छ । जस अन्र्तगत सुन तथ चाँदीका सिक्का प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना , चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ ।

मुलुकभर २८१ शखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचक अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय संचाल नगर्ने योजना अगाडि सारेको छ ।