पु.समाचार

पुरुषसँग जबर्जस्ती अनमेल विवाह र मानसिक हिंसा

घोराही । तुलसीपुरकी एक महिलाले १५ वर्षसम्म हिंसा सइन । पढेलेखेको शिक्षित पति र पुरातन सोच भएकी सासूले उनलाई दिनरात दुःख दिए । १४ वर्षकै उमेरमा आफूभन्दा दोब्बर बढी उमेरको पुरुषसँग जबर्जस्ती अनमेल विवाह गरीन उनले विवाह भएदेखि नै हिंसाको शिकार बन्नुपर्यो । “यति धेरै हिंसा भयोकी कुनै समय मर्ने तयारीमा समेत पुगेको थिए ।” उनले पुरानो कुरा सुनाइन्।

जीवनदेखि हार खाइसकेको अवस्थामा उनले एउटा समूहको सम्पर्कमा आइपुगीन् र त्यही समूहमा महिला हिंसाविरुद्धका दुई चार वटा कुरा सिक्ने अवसर पाइन । “समूहमा बस्दा मानसिक परामर्श पाए । घरेलु हिंसाको विषयमा बुझे र दुई चार वटा कुरा बोल्न सिके । त्यसपछि त्यो कुरा परिवारलाई बुझाउनतिर लागे ।” समूहमा लागेपछि आफूले जानेको कुरा परिवारलाई बुझाउन थालेको उनले बताए । अनि सासूलाई पनि समूहमा ल्याइन । त्यसपछि उनको दैनिकी फेरियो । जीवनले नयाँ मोड लियो । उनले भनीन्“हरेक महिलालाई मानसिक परामर्शको खाँचो छ । महिला घरभित्र कुनै न कुनै प्रकारको मानसिक हिंसामा छन् ।”

यस्तै घोराही बजारकी मुस्लिम परिवारकी एक महिलालाई पतिले सम्बन्धविच्छेदको लागि दबाब दिए । विभिन्न बाहनामा उनी माथि यातना भयो । यातना सहन नसके पछि उनले दुइतले घरबाट हाम फालीन् । उनले मर्ने प्रयास गरेसँगै अझै धेरै हिंसा शुरु भयो । उनलाई मानसिक सन्तुलनमा असर पुग्ने खालका विभिन्न औषधि खुवाइयो पछि ती महिलालाई सिसा संस्थाको सम्पर्कमा आइसके पछि उनले आफ्नो वास्तविकता त्यहाँ सुनाइन । मानसिक परामर्श लिनुभयो र नयाँ जीवन पाएको अनुभूत गरीन। अहिले उनले त्यही संस्थामा रहेर काम गरीरहेकी छन् ।

लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी मुस्लिम समुदायकी महिला साजिदा सिद्धिकी पनि आफू हरेक क्षण मानसिक हिंसासँग लड्दै यहाँसम्म आइपुगेको बताइन तर पनि उनले महिलाले आफ्नो पीडा खुलस्त रुपमा आफन्तलाई सुनाउनुपर्ने धारणा राखीन् ।

विधुवा महिला सरोकार केन्द्रकी अध्यक्ष हुमा डिसीले पनि आफूसँग धेरै मानसिक हिंसाको कथाव्यथा रहेको बताइन । शुरुमा पति गुमाउँदा र घरबाट निस्केर सामाजिक काममा लाग्दा आफूले धेरै प्रकारको मानसिक हिंसा, गाली बेइज्जती सहनुपरेको बताइन । समाजमा महिलालाई पनि सबैको साथ, सहयोग, माया एवं आत्मसम्मानको खाँचो रहेको उनको धारणा छ ।