राजनीति

कुसैले पनि फेद न टुप्पोको विरोध गरे सरकारलाई केही फरक पर्दैनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले देश अधिनायकवादतर्फ नभएर समाजवादतर्फ अगाडि बढेको बताएका छन् । उनले लोकतान्त्रिक मुल्य मान्यताअनुसार प्रतिस्पर्धामा जानुपर्ने जनाएका छन् ।

बुधबार सुरु भएको राष्ट्रिय विकास परिषद्को साभमा बोल्दैँ प्रधानमन्त्री ओलीले समर्थन र विरोधले नै राजनीतिक अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले भने, ‘ उहिले नि हल्ला त चलेकै हो नि । ६० वर्षका माथिकालाई गोली हानेर मार्छ भनेर पनि हल्ला चलाए । कम्युनिष्ट पार्टीको सरकार आएपछि त पेस्तोल त आफै अगाडि तेर्स्याउनुपर्यो । त्यस्तो हो भने त हामी बाँकी नै रहन्थेनौ नि । यस्ता खालका हल्ला चलाएर राजनीति गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले विभिन्न खालका हल्ला गरेर राजनीति गर्न नहुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई व्यङ्ग्य हान्दैँ प्रधानमन्त्रीले भने ‘कुनै दलले फेद न टुप्पोका विरोध गरेर अगाडि बढ्न खोजे पनि केहिँ हुनेवाला छैन् ।’