आर्थिक

सानिमा बैंकको शाखा कार्यालयको औपचारीक उद्घाटन

काठमाडौँ । सानिमा बैंकले बुधबार पुतलीसडकमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन,सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा भयो ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको बताएका छन् । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

समुद्घाटन समारोहमा मह जोडीले पुतलीसडकमा सानिमा बैंक संचालनमा आएकोमा पुतलीसडक वासीलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे । सानिमा बंैकको उक्तशाखा समेतगरी हालसम्म ७८ वटा शाखा संजाल तथा ७२ वटा ए.टि.एम. रहेका छन ।