अन्तर्राष्ट्रिय

समलिंगी समुदायाबारे गलत पत्ता लागे ढुंगाले हानेर मार्ने कानुन आजबाट लागु

ब्रुनाई । ब्रुनाइमा कडा सजायका रुपमा कारबाही गर्ने नयाँ कानुन लागु गरीएको छ । नयाँ कानुनले समलिंगी समुदायमा रहेका मानिसलाई चार जना मानिसले अपराध गरेको देखे या अपराध गरेको सो व्यक्तिले स्वीकार गरे समलिंगीहरुलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिने अन्तर्राष्ट्रिय सञ्चार मिडियाले बताएका छन् ।

यस्तै गर्भपतन गरेमा सार्वजनिक रुपमा कोर्रा हान्ने र चोरी गरेको जनाकारी पाएमा अपराधिको हात वा खुट्टा काट्ने लगायतका कठोर सजाय दिने कानुन आजबाट लागु गरिएको हो ।

दूई तिहाई जनसँख्या रहेको ब्रुनाईमा रक्सी बेच्न पहिलेदेखि नै बन्देज गरीएको छ । यो कानुनको अन्तर्राष्ट्रिय समुदायमा घोर विरोद्ध भएको जाइएको छ । ब्रुनाईको कानुनमा मृत्युदण्डको व्यवस्था भएको भएपनि सन् १९५७ यता कसैलाई पनि मुत्युदण्ड दिइएको छैन ।