राजनीति

आधा पेट खाएर जनताले तिरेको कर दुरुपयोग गर्नेबाट देश समृद्ध नबन्ने नेता गुरुङको ठोकुवा

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले गरिब जनता गरिब जनताले आधा पेट खाएर बाँच्नुपर्ने अवस्था भएको दाबीगरेका छन् । युवा नेता गुरुङले आधा पेट खाएर तिरेको करबाट जम्मा भएको राज्यकोषबाट ब्रह्मालुट गर्नेहरुबाट देश समृद्ध बन्न सक्दैन भन्ने कुराको ठोकुवा गरेका छन् । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघका पुर्व अध्यक्ष समेत रहेका युवा नेता गुरुङले करको दुरुपयोग गरेकोमा स्थानीय तह, प्रदेश र केन्द्र सरकारलाई कडा रुपमा बिरोध गरेका हुन् ।

नेविसंघ पर्वतको जिल्ला प्रतिनिधि सभाको समुद्घाटन कार्यक्रममा बोल्दै नेता गुरुङले भने, ‘गरीब जनताले आधा पेट खाएर बाँच्नुपर्ने अबस्था छ। तर त्यहि गरिब जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषबाट ब्रह्मालुट गर्नेहरुबाट देश समृद्ध बन्न सक्दैन।’ कार्यक्रममा काँग्रेस महामनत्री डा. शसाँक कोईराला, नेबिसंघका निबर्तमान अध्यक्ष नैनसिंह महर लगायत नेताहरुले बोलेका थिए ।