समाचार

घुस लिएको अभियोगमा अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत खाद्य पदार्थको कानूनबमोजिम परीक्षण गर्दा लाग्ने दस्तुर बुझाएर प्रज्ञापनपत्र बनाइदिने बहानामा रु ३५ हजार घुस लिएको अभियोग लागेको छ । सेवाग्राहीलाई सहज रुपमा भन्सार सुविधा मिलाइदिने भन्दै घुस लिने श्रीवास्तवलाई आयोगको टोलीले घुस रकमसहित केही दिनपहिले पक्राउ गरेको थियो । आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार आरोपी श्रीवास्तवलाई कारवाहीको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।