समाचार

हावाहुरीपीडित आकस्मिक रक्तदानमा सम्पादक आचार्यसहित ७४ ले गरे रक्तदान (फोटोफिचर)

काठमाण्डौ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाण्डौको नयाँबानेश्वरमा आज सम्पन्न भएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् ।

महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा आकाश्मिक रुपमा गरिएको भएपनि उल्लेख्य सहभागीता भएको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए । आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएका थिए, घाईतेमध्ये ९ जनाभन्दा बढीलाई काठमाण्डौका बिभिन्न अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरु तराईका बिभिन्न अस्पतालमा उपचार भइरहेको समाचार छ ।

आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यावशायी संघका प्रतिनिधि, सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर-१० लगायतले रक्तदान गरेको थिए । सामुदायीक प्रहरीका तर्पबाट तारा राम दयालले समन्वय गरेका थिए ।

स्थानीय स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगिसकेको छ भने रगतको अभाबलाई टार्न युवाहरु संस्थागत र ब्यक्तीगततर्फबाट लागिपरिरहेका छन् । कार्यकमका आयोजक महानगरीय प्रहरी नयााबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै राजनीतिक नभई जिल्ला प्रशासन कार्यालयबाट समेत स्वीकृत भएको आधिकारिक कार्यक्रम भएको बताए ।

संयोजक आचार्यले रक्रदान कार्यक्रमको समन्वयकर्ता रक्तदान कार्यक्रमको आयोजना गरेकोमा प्रशंसापत्र रेडक्रसबाट प्रमाणपत्र बुझ्दै रक्तदान जस्तो समाजसेवामा लाग्न यसबाट अझ हौसला मिलेको दाबी गरेका थिए । कार्यक्रममा निर्माण ब्यावशायी महासंघका पुर्ब महासचिव रामेश्वर देउजा, सुर्यखबरका सम्पादक तथा क्रदान कार्यक्रमका संयोजक आचार्य लगायत बिशिष्ट ब्यक्तीहरुले रक्तदान गरेका थिए ।