समाचार

हावाहुरी घटना : एक बालकको मृत्यु

काठमाडौँ । आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट घाइते भई यहाँस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका पाँच वर्षीय फैजल अन्सारीको उपचारको क्रममा आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सो हावाहुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका–६ बस्ने फिरोज अन्सारीका छोरा सख्त घाइते भएकार्ले उपचारको लागि नेशनल मेडिकल अस्पतालमा भर्ना गराएकामा आज उनको मृत्यु भएको हो । हावाहुरीमा परी मृत्यु हुनेको सङ्ख्या बारामा मात्रै २८ पुगेको छ । पर्सामा दुई गरी ३० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।