समाचार

हावाहुरीसँगै परेको चट्याङका कारण अछाममा १५ जना घाइते, सात जनाको अवस्था नाजुक

अछाम । सोमबार राति हावाहुरीसँगै परेको चट्याङका कारण अछाममा १५ जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका—९ कालेकाडामा ११ जना र रामारोशन गाउँपालिकामा पाचँ जना रहेका छन् ।

चट्याङ लागेर घाइते भएका १५ जनालाई जिल्ला अस्पतालमा उपाचार भइ रहेको जिल्ला प्रहरी अछामले जनाएको छ । घाइते भएका १५ जनामध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन् । गम्भीर घाइते हुनेमा स्थानीय बलिराम दास, भिमपुरा दास, जगत बोहरा, ललु बिक, दिर्घे बिक कल्पना बोहरा र राधिका शाही रहेका छन् ।