आर्थिक

मेगा क्यापिटल मार्केटस्लाई कारोबार अनुमति

काठमाडौँ । मेगा बैंक नेपालको पूर्ण स्वामित्वमा रहेको सहायककम्पनी मेगा क्यापिटल मार्केटस्ले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।

मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितो पत्र बोर्डबाट कारोबारका लागि अनुमति पत्रप्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ ।

मेगा क्यापिटल मार्केट्सले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितो पत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वर स्थित केन्द्रीयकार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।

ग्राहकको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखि नविनतमर उपयुक्त सेवा पूँजी बजारमा ल्याउनु नै कम्पनीको मूलउद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए । केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने उनले बताए ।