राजनीति

काङ्ग्रेस भित्र तीतोपन छ, एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन: महामन्त्री कोइराला

काठमाडौँ । नेपाली काङ्गे्रसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले आफैँ सच्चिन पर्ने बताएका छन् । प्रेस युनियनद्वारा आज वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्र गुटउपगुट रहेकाले सच्चिनुपर्ने बताएका हुन् ।

उनले भने, “काङ्ग्रेसको भित्र तिक्तत्ता छ, काङ्ग्रेस एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन।” काङ्ग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह गरे । उनले काङ्ग्रेसभित्रको गुट उपगेट महाधिवेशनसम्म जाने र त्यसपछि अन्त्य हुने पनि बताए ।

पार्टीका केन्द्रीय सदस्य एवं अनुशासन समितिका सदस्य धनराज गुरुङले अनुशासन समितिले गुटउपगुट र पदलाई नचिन्ने उल्लेख गर्दै गल्ती गर्नेलाई प्रमाणका आधारमा कारवाही गरेरै छाड्ने बताए । गण्डकी मेडिकल कलेजले विद्यार्थी माथि ठगी गरेको विषयमा पत्रकारको जिज्ञासामा गुरुङले राजनीतिक बर्को ओडेर कसैले पनि अनियमितता गर्न नहुने बताउँदै गल्ती गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिए ।