समाचार

हावाहुरी कारण प्रभावित क्षेत्रका पीडितलाई संयोजक डा. भट्टराईले आधा महिनाको तलब दिने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हावाहुरीका कारण प्रभावित परिवारलाई आफ्नो आधा महिनाको तलब दिने भएका छन् । उनले उद्धार, राहल र पुनंः निमार्णमा तन,मन र धनले लाग्न सम्पुर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भने ,‘बारा र पर्सामा भीषण हावाहुरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ । विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनंः निमार्णमा सम्पुर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरुरी छ ।’

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्। त्यसैगरी राहतर पुनंः निमार्णको निम्ति पार्टीका सबै सदस्यले आ-आफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधैं वा आ-आफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आग्रह गरेका छन्। उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उनले दिएका छन्।