बाग्मती

कर्तव्य ज्यान मुद्दाका फरार अपराधि पक्राउ

काठमाडौँ । वि.सं. ०७०-०२-२६ गते नयाँ बाजार बस्ने रसमाया गरुङ्गलाई श्रीमान विदेश भएको समयमा लाजिम्पाटबाट जवरजस्ति करणी गरीएको आरोपमा चार जना संलग्न भएको खुलेको थियो ।

उनलाई कलकी स्थित सपना गेष्ठ हाउसमा जवरजस्ति बन्धन बनाइ एक लाखको कागज गराई सोहि कोठाको पंखामा झुण्डाई भागेको भन्दै मनप्रवृक्त कालीमाटीमा अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता भएको थियो । संलग्न चार जना अपराधि मध्य तीन जना प्रका्रउ परेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

फरार एक जना अपराधि टाकुर प्रसाद तिमिल्सीनालाई मंगलबार कंलकीबाट महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले नियन्त्रणमा लिएका जनाइएको छ ।