पु.समाचार

प्रदेश नम्बर तीनको सरकारले हावाहुरी प्रभावीतलाई एक करोड आर्थिक सयोग गर्ने

मकवानपुर । प्रदेश नं.२ मा आइतबार राती हावाहुरीका कारण ठुलो मात्रामा भएको मानवीय र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश नं. ३ सरकारले आर्थिक सहयोग गरेको छ । प्रदेश नं.३ सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेशमा सङ्कटमा परेका नागरीकहरुलाई एक करोड रुपैयाँ आर्थिक सायोग गरेको हो ।

प्रदेश नं.२ को बारा र पर्सामा हावाहुरीका कारण घरबासविहीन भएका परिवारको बासस्थान पुनः निर्माणका लागि एक करोड रुपैयाँ राहत दिने निर्णय गरिएको प्रदेश नं. ३ सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढंगेलले बताएका छन् ।

सोमबार मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल र सामाजिक विकास मन्त्री युवराज दुलाल हावाहुरीका कारण प्रभावि भएको क्षेत्र बारा र पर्सामा अवलोकनका लागि पुगेका थिए । त्यहाँका घाइले भएका परिवारलाई समेत अस्पतालमा पुगेर भेट गरेका थिए ।