सुदूरपश्चिम

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ को बडैपुरमा सोमबार एकदिने  भएको छ ।

भीमदत्तनगरपालिका–१३ वडा कार्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा महिलाको तल्लो पेट दुख्ने, आङ खस्ने, पाठेघर सम्बन्धी सेवा दिइएको थियो । शिविरबाट एक सय महिलाले स्वास्थ्य सेवा लिनाका साथै उनीहरुलाई निःशुल्क औषधि प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष लालबहादुर शाहीले दलित र विपन्न समुदायका महिलालाई लक्षित गरी वडास्तरमै स्वास्थ्य सेवा दिइएको बताए। भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गरेका स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँचमा महाकाली अञ्चल अस्पतालको चिकित्सकसहितको टोलीका साथै नगरपालिकाको स्वास्थ्य शाखा र स्थानीय महिला स्वयम्सेविकाहरु खटिएका थिए ।