पत्रपत्रिका

अस्पतालमा घाइतेको भीड

काठमाडौँ । बारा, पर्सामा आएको शक्तिशाली हुरीका कारण घाइते भएका एक हजार ४४ जना अस्पताल पुगेको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठका अनुसार सबभन्दा बढी कलैया अस्पतालमा २ सय ६ जना घाइते पुगेका थिए। अस्पतालमा बेड अपुग भएपछि घाइतेहरुलाइ भुइँमै राखेर उपचार गरिएको थियो। नारायणी उपक्षेत्रीय अस्पतालमा १ सय ३३ घाइते उपचार गराउन पुगेकामा ४० लाई जना भर्ना गरिएको छ। त्यहा पनि बेड नपुगेपछि अस्थायी व्यवस्था गरेर उपचार गराइएको छ।

विरगंज स्थिति नेशनल मेडिकल कलेजमा १९७, विरगंज हेल्थ केयर युनिटमा ८० जना घाइते पुगेका थिए। यस्तै विरगंजको गण्डक हस्पिटलमा २८, एडभान्स हस्पिटलमा २०, तराइ अस्पतालमा २ घाइते पुर्‍याइएको थियो। विरगंजको अपोलो अर्थो हस्पिटल, एलएस न्युरो अस्पताल, भवानी अस्पतालमा विरामी लगिएको थियो।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा ९ जनालाई सघन उपचार घाइते ल्याइएको छ। वारा, पर्सामा उपचारका लागि पुगेका चिकित्सा टोलीवाट सेवा लिनेको विवरण स्वास्थ्य मन्त्रालयमा आइसकेको छैन।स्वास्थ्य सचिव डा. पुष्पा चौधरीका अनुसार शिक्षण अस्पतालमा आएका २ जनाको अवस्था चिन्ताजनक छ।घटनास्थलमा सोमवार पुगेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विपदमा परेकाहरुलाइ उद्घार तथा उपचारमा कमी आउन नदिन निर्देशन दिएका छन।

स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र कुमार यादव को नेतृत्वमा सोमवार स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको बैठकले उपचार र उद्घार कार्यलाइ प्रभावकारी वनाउने सम्बन्धी निर्णय गरेको छ।

७ वटा उपचार टोली

स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा ७ वटा उपचार टोली खटिएका छन्। प्रहरीका २, सेनाको १, चितवन मेडिकल कलेजको १, हेटौडा अस्पतालको १, जनकपुर अंचल अस्पतालको १ र स्वाथ्य मन्त्रालयवाट उपचार व्यवस्थापनका लागि एक टोली प्रभावित क्षेत्रमा छन।

उच्च स्तरिय विशेषज्ञ टोली मंगलवार पुग्ने

स्वास्थ्य मन्क्रालयले मंगलवार स्नायु, हाडजोर्नी र त्रिटिकल केयरको विशेषज्ञ सम्मलित एउटा उच्च स्तरिय स्वास्थ्य टोली हावा हुरी प्रभावित क्षेत्रमा पठाउदै छ। ‘गम्भिर, जटिल अवस्थामा रहेका विरामीलाई विशेषज्ञहरुले हेरेर थप उपचार के गर्ने भनेर सल्लाह दिनेछन्’, स्वास्थ्य सचिव डा। चौधरीले भनिन्, ‘हामीले प्रभावितहरुलाइ स्थानीयस्तरमै उच्च स्तरिय उपचार सुनिश्चित गर्न थप विज्ञ टोलीसमेत पठाउने छौं।’सरकारले घाइतेहरूको उपचारका लागि बीर, त्रिवि शिक्षण, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताललाई तयारी अवस्थामा राखेको छ।…कान्तिपुर दैनिकबाट साभार…