राजनीति

काङ्ग्रेसको चाहना धार्मिक स्वतन्त्रता नै होः महामन्त्री डा कोईराला

पाल्पा । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको बताएका छन् ।

“धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” प्रेस युनियन पाल्पाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले भने । हिन्दू राष्ट्र जनतालाई चाहिन्छ भने जनताले नै आन्दोलन गर्नुपर्ने उनको भनाइ थियो ।

हावाहुरीबाट बारा–पर्सामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महामन्त्री कोइरालाले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले मृतकका आफन्त र घाइते परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे । बहुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको महामन्त्री कोइरालाले आरोप लगाए।