आर्थिक

आर्थिक समृद्धिको नारा बोक्दैमा मात्रै मुलुक समृद्ध हुन सक्दैनः सभापति देउवा

तौलिहवा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक समृद्धिको नारा बोक्दैमा मात्रै मुलुक समृद्ध हुन नसक्ने आरोप लगाएका छन् ।

तौलिहवा उद्योग वाणिज्य सङ्घले कपिलवस्तुमा आयोजना गरेको छैटौं प्राचीन कपिलवस्तु महोत्सवको आज उद्घाटन गर्दै सभापति देउवाले नेपाली जनताले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न आवश्यक पूँजी जुटाउन सक्ने भए पनि विदेशीलाई आयोजना हस्तान्तरण गर्नु मुलुकको आर्थिक हित विपरीत रहेको दाबी गरे ।

पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजदर घटाई मुलुकमा उद्योग व्यवसायमैत्री वातावरण सृजना गर्न सरकारसँग माग गरे । आजदेखि शुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ । महोत्सवमा १५० बढी कृषि, औद्योगिक, व्यवसाय लगायतका कक्ष रहने आयोजक संस्थाले जनाएको छ ।