आर्थिक

एनआईसी बैंकको महालक्ष्मी लाइफसँग बैंकासुरेन्स सम्झौता

काठमाण्डौ । एनआई सी एशिया बैंक लिमिटेडले महालक्ष्मीलाइफइन्स्योरेन्स लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मीलाइफ इन्स्योरेन्सको जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेज्यू र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । करिब १४ लाख ५० हजार ग्राहकमहानुभावहरूकासाथसञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्तउत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।