समाचार

बारा पर्साका घाईतेलाई रगत अभाब हुन नदिन मंगलबार बानेश्वरमा रक्तदान कार्यक्रम हुंदै

काठमाण्डौ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस भन्ने हेतुले काठमाण्डौको नयाँबानेश्वरमा मंगलबार बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सुर्यखबर डट् कम् लगायतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न हुन लागेको रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताएका छन् ।

आईतबार हावाहुरीका कारण तीन दर्जनभन्दा बढीको निधन भईसकेको छ भने सयौंको संख्यामा घाईते भएको बताईएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै राजनीति नजोडीकन मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरेका छन् । स्वास्थयकर्मीको टोली प्रदेश नम्बर २ को पींडास्थल पुगीसकेको छ भने रगतको अभाबलाई टार्न युवाहरु संस्थागत र ब्यक्तीगततर्फबाट लागिपरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले हावाहुरी स्थल भ्रमण गरिसकेका छन् भने प्रदेश नम्बर २ सरकारले मृतकका परिवारलाई प्रतिपरिवार रु ३ लाख सहयोग गर्ने बताईसकेको छ ।

रक्तदान गर्न ईच्छुकले सम्पर्क कार्यक्रम संयोजक–बाबुराम आचार्य, ९८५१०२७२८३, महानगरिय प्रहरी प्रभाग प्रमुख, गोबिन्दराज काफ्ले, ९८५१२८११४६ लाई सम्पर्क गर्न सक्ने जनाईएको छ ।