समाचार

नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिने

काठमाडौँ । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उपनेता नेम्वाङले पीडितलाई राहत, क्षतिपूर्तिका साथै घाइतेको उपचारका लागि यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारको ध्यानकर्षणसमेत गराएका छन् ।