समाचार

गोदावरीमा धमाधम डिप बोरिङ

ललितपुर । गोदावरी नगरपालिकाभित्रका वडामा धमाधम डिप बोरिङको काम अघि बढेको छ । गोदावरीले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको काम अघि बढाएको हो । रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । “त्यहाँ ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले भने, “काठमाडौं उपत्यका खानेपानी लिमिटेडले रु ५० लाख, ललितपुर महानगरपालिकाले रु ५० लाख सहयोग गर्नुका साथै नगरपालिकाले छुट्टै रु २५ लाख लगानी गरेर पानी निकालेका हौँ ।” यहाँ हाल प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन भइरहेको छ ।

त्यसैगरीे वडा नं ९ छम्पीमा नगरपालिकाले रु ३५ लाख लगानी गरेर ६ इञ्चको पानी निकालिसकेको छ । छम्पीमा पानी निकाल्न नगरपालिकालाई केही संस्थाले सहयोग पनि गरेको महर्जनले बताउनुभयो । “अर्को वडा नं ८ डुकुछापमा रु ४० लाख लगानीमा ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले थप्नुभयो, “वडा नं १० चारघरे टाखेलमा रु २२ लाख लगानीमा अर्को ८ इञ्चको पानी निकालेका छौँ ।”

नगरपालिकाले वडा नं २ विशङ्खुमा पानी निकाल्ने सर्वेक्षण सम्पन्न गरेसँगै आइतबारदेखि रु ५० लाख लगानीमा पानी निकालिएको छ । पूरै नगरपालिकाको लगानीमा उक्त बोरिङको काम सम्पन्न भएको महर्जनले जानकारी दिनुभयो । अर्वुदरोग अस्पताल बनाइने नगरपालिकाले वडा नं १ गोदामचौरमा रङ्गशाला, वडा नं २ विशङ्खुमा प्राविधिक विश्वविद्यालय र साबिकको वडा नं ३ गोदावरीमा कबर्ड हल निर्माण गर्ने योजना बनाएको छ ।
त्यस्तै गोदावरी कुण्ड मर्मतसम्भार, वडा नं ५ लेलेमा चिस्यान केन्द्र, वडा नं ७ देवीचौरमा दृश्यावलोकनस्तम्भ निर्माण, वडा नं ८ डुकुछाप स्मार्ट सिटी, वडा ९ टीकाभैरव र छम्पीमा अर्वुदरोग अस्पतालका साथै वडा नं १२ ठेचोमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना