प्रदेश 2

प्रतिमृतक परिवारलाई रु ३ लाख राहतको घोषणा

पर्सा । प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताए ।

प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिए । उनले हुरीमा परी क्षति भएका घरलाई पुनःनिर्माण गर्न प्रदेश सरकारले आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको बताए ।