गण्डकी प्रदेश

पत्रकार अधिकारी चार घण्टापछि रिहा

कास्की । समाचार सङ्कलनको क्रममा आज बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा भएका छन् । नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभाषद् अधिकारीलाई आज बिहान ६ः३० बजे प्रहरीले पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटबाट पक्राउ गरेको थियो ।

अधिकारीलाई महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतका सञ्चारकर्मीको रोहबरमा बिहान १०ः३० बजे प्रहरीले रिहा गरेको हो । प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० समूहले आफ्ना नेतालाई सरकारले पक्राउ गरेको विरोधमा गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई प्रदर्शनस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले अधिकारीसँग केही कुरा बुझ्नु परेकाले कार्यालयमा ल्याइएको र आवश्यक सोधपुछ पश्चात महासङ्घका अध्यक्ष श्रेष्ठको जिम्मामा छाडिएको जनाएको छ ।