कर्णाली प्रदेश

आत्मविश्वास बढाउन अपाङ्गता भएका व्यक्ति अटोमा मुगुको यात्रा गदै

सिञ्जा । गरे के हुदैन भन्ने आत्मविश्वास बढाउन सातजना शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति अटोको यात्रा गदै मुगु पुगेका छन् । सडक दुर्घटना न्यूनीकरणको मुद्दा बोकी जुम्लापछि ३९औँ जिल्लाका रुपमा आज अपाङ्गता भएका कलाकार मुगु पुगेका हुन ।

राष्ट्रिय अपाङ्गता सांस्कृतिक प्रतिष्ठान काडमाडौँको टोली जिल्ला जिल्लाका ट्राफिक कार्यलयसँग सहकार्य गरी बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मुगु पुगेका छन् । अपाङ्गता भएका व्यक्तिले पनि समाज रुपान्तरणमा योगदान दिन सक्छन् भन्ने धारणा बोकी जोखिम सडकमा अटोकोयात्रा गरी मुगु पुगेका प्रतिष्ठानका संयोजक आकाश विरहीले बताए ।

देशभरी सडक दुर्घटना न्यूनीकरण र अपाङ्गताको हक अधिकारका विषय जिल्ला जिल्लामा सांस्कृतिक कार्यक्रम गदै ३९औँ जिल्लाका रुपमा मुगु पुगेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङको पाथिभारा देवीको दर्शन गरेर शुरु गरिएको देश दौडाहा मुगु पुगेको उनले बताए । मुगुमा पनि लक्षित समुदायमा क्षमता अभिवृद्धिका साथै, बढ्दो सडक दुर्घटना न्यूनीकरणका विषयमा सांस्कृतिक कार्यक्रम गरिने संयोजक विरहीले जानकारी दिए। मङ्गलबार सदरमुकमा गमगढीको कृष्ण चोकमा कार्यक्रम गरिने जनाइएको छ ।