अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् ।

यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोगाीआनीले सोमबार जानकारी दिएका छन् । खोगीआनी जिल्लाको जेरोताङगी क्षेत्रमा गरिएको सुरक्षा कारबाहीको क्रममा अरु कैयौं घरहरु ध्वस्त भएको बताइएको छ ।

आइएस लडाकू लक्षित यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै हानि नभएको अधिकारीहरुले दाबी गरेका छन् । आइएस लडाकू लक्षित आतङ्ककारी समूहले भने यस कारबाहीका बारेमा कुनै टिप्पणी गरेका छैनन् ।