समाचार

हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भारतीय नेता जोलीको जोड

काठमाडौँ । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताएका छन् । उनले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिए ।

स्वर्गीयमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आएका नेता जोलीले युरोपले आफ्नो नागरिकको ज्यानलाई मात्र महत्वपूर्ण ठानेको बताए । मन्त्री अधिकारीले आफूसँग नेपाली वायुसेवालाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा कुराकानी गरिरहने उनले स्मरणगरे ।