राजनीति

डा. कोइरालाको ओली सरकारलाई आग्रहः हावाहुरीबाट प्रभाबितको उपचारमा केही कमी नहोस

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आइतबार साँझ आएको भीषण हावाहुरी र पानीका कारण बारा र पर्सा जिल्लामा तीन दर्जन भन्दा बढी व्यक्तिको ज्यान गएको प्रति समाबेदना प्रकट गरेका छन् ।

डा. कोईरालाले धेरै व्यक्तिहरु घाइते भएको घटनाले स्तब्ध र दुःखीत बनाएको यस विपदमा परी दिवंगत हुनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना गरेका छन् । डा. कोईरालाले शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

उनले, राहत र उद्धारको कार्यमा जुट्न तथा पीडित परिवारको पुनस्र्थापनामा सहयोग पु¥याउन सम्बन्धित निकाय, पार्टीका साथीहरु र दिदीबहिनी तथा दाजुभाइहरुमा समेत अपिल गरेका छन् । डा कोईरालाले घाईतेहरुको उपचारमा कुनैपनि हुराको कमी गर्न नहुने आशय प्रकट गरेका छन् ।