समाचार

हिमालय एअरलाइन्स्को अबुधाबीमा नयाँ सञ्जाल विस्तार

काठमाडौँ । नेपालको निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको हिमालय एअरलाइन्स्ले उडान क्षेत्रमा अर्काे कदम अगाडि बढाएको छ । एअरलाइन्स्ले नेपालको काठमाडौं देखि युएईको सम्पन्न र व्यस्त शहर अबुधाबीमा हप्ताको तीन दिन उडान भर्नेछ । यो नेपाली हवाई सञ्जाल मध्यपूर्वी मुलुकमा विस्तार गर्ने र सम्बन्ध अझ मजबूत बनाउने हाम्रो प्रतिबद्धताको प्रतिफल हो ।
हिमालय एअरलाइन्स्को एचनाइन ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उद्घाटन उडान गरेको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलबाट १४८ यात्रु सहित २१ः३० मा अबुधाबी उडेको एअरलाइन्स्को एचनाइन ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार ००ः५३ मा अवतरण गरेको थियो । फीर्ति उडान अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट १५० यात्रु सहित एचनाइन ५६८ विमान अप्रिल १, २०१९ मा स्थानीय समय ०२ः३१ मा उडान भरेर काठमाडौंको त्रिभुवन विमानस्थलमा स्थानीय समय ०८ः४१ बजे अतवरण गरेको छ । युएईका लागि स्थानीय बजार व्यवस्था कार्य हेर्न एअरलाइन्स्ले फिशटेल ट्राभल एण्ड टुरिजमलाई नियुक्त गरेको छ ।  प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्घारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्स्ले आफ्नो नयाँ उडान भर्नेछ । बिदा, व्यावसायिक यात्रा तथा छोटो बसाइ लाई मध्य नजर गर्दै उडानको तालिका तयार गरिएको हो ।

‘काठमाडौैं र अबुधाबीबीच सीधा उडानको सुरुवात गर्न पाउँदा हामी एकदमै उत्साहित भएका छौं । सीधा र पूर्णकालीन सेवा सञ्चालनका लागि दुबै बजारबाट व्यापक माग छ, र हामीले ग्राहकको माग अनुरुप यो कदम उठाएका हौं । नेपाल र युएईबीच व्यावसायिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बन्दै गएको छ ।  यी दुई देशबीचको व्यापार तथा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेकोमा पनि हिमालय एयरलाइन्स्ले गौरवान्वित महसुस गरेको छ । हामी आशा गर्छौं, यो नयाँ सञ्जालले युएईबाट नेपाल आउने यात्रु आवागमन सहज बनाउनेछ। व्यावसायिकरुपमा सफलतापूर्वक सञ्चालनमा आएको हिमालयन एयरलाइन्सले सेवाको ३ बर्ष छिटै पुरा गर्दैछ । यसै सन्दर्भमा हामी अबुधाबीलाई