राजनीति

सभापति देउवाको अपिलः बारा पर्सामा हावाहुरीबाट प्रभावितको उद्दार कार्यमा खटिनुस

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति एवं पुर्बप्रधानमन्त्री शेरबहादुर देउवजाले बारा र पर्सामा आईतबार राती गएको हावा, हुरी र अशिनापनीबाट निधन भएका परिवारप्रति दुःख ब्यक्त गर्दै सिंगो पार्टी नेता , तथा कार्यकर्तालाई उद्दार कार्यमा खटिन निर्देशन दिएका छन् । सभापति देउवाले नेकपा नेतृत्वका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ओली सरकारलाई घाईतेको उपचारमा लाग्न समेत आग्रह गरेका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै सभापति देउवाले उक्त निर्देशन दिएका हुन् ।
उनले ट्वीटमा यस्तो लेखेका छन्ः
‘बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’