समाचार

बारा–पर्सामा हावाहुरीबाट भएको घाईते उपचारसहितको यस्तो छ हालसम्मको आधिकारिक विवरण

काठमाण्डौ । तराईको हुरीका कारण ३१ जनाको मृत्यु, ४०० बभन्दा बढी घाईते (अपडेट)वीरगञ्ज । एक्कासि आईतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा ३१ जनाको मृत्यु भएको छ ।

पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा ४०० भन्दा बढी जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ । यसैबीच हालसम्मको आधिकारीक विवरण

–नेशनल मेडिकल कलेज १०० जना

–बीरगंज हेल्थ केयर ३८ जना
–गण्डक अस्पताल, बीरगंज २८ जना

–गम्भी घाईते ६ जनालाई काठमाण्डौमा उपचारको लागि स्काई ट्रकमार्फत ल्याईयो
–२६ जनाको निधन भएको हालसम्म सनाखत