समाचार

नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न

काठमाडौँ । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न भएको छ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यमा भब्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा यादवले भाषा सस्कृति तथा सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा। यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । ‘वेदबाट सुरु भएको हाम्रो मौलिकता आधुनिक युगसम्म आइपुग्दा बिर्सेका छैनौँ,’ उनले भने, ‘अब पनि हामीले हाम्रो मौलिकता छाड्नुहुन्न ।‘ नेपाली कला, संस्कृति र सभ्यताले नेपाल विश्वभर चिनिएको उनको जिकिर थियो ।

बिसेष अथिती नेपाली काङ्रेसको केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जन नरसिंह केसि ,नेपाली कांग्रेशका केन्द्रिय सदश्य शिब प्रसाद हुमागाई ,बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भिसाल,चैत्य देबी लगायतका बरिष्ट राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अवार्ड कार्यक्रममा शिब नारायण जोशीलाइ नाट्यश्वर म्युजिक अवार्ड लाईफ टाईम एचिभमेन्ट अवार्ड नगद रु ११,१११ सहित सम्मान गरिएको थियो भने नाट्यश्वर स्वर्ण सम्मान बसुन्धरा भुसाल ,चैत्य देबि ,रजत सम्मान शान्तिपृय , बिसेष सम्मान सरु थापा, हरि कर्माचार्य ,नाट्यश्वर रत्न सम्मान उत्तम केसि ,सिताराम पोखरेल, कला सम्मान डिबि लामा , कला पत्रकारिता सम्मान सुर्य चन्द , स्वस्तिका चिल्वाल, शिब देबकोटा,अरबिन्द्र गौतम , पुरुश्वतम बस्नेत, बलराम श्रेष्ठ ,सचित खड्का, कमला जोशी लगायतले पाएका थिए ।

कुल ४५ विधामा गरिएको नाट्यश्वर म्युजिक अवार्ड २०७५ मा उत्कृष्ट सर्जक, गायक गायिका, विभिन्न भाषा भाषीका गित, मोडलहरुलाई अवार्ड प्रदान गरिएको थियो ।स्थानिय आयोजक राष्ट्रिय काभ्रेली कलाकार संघ संघको सहकार्यमा अवार्ड भब्यताको साथ सम्पन्न भएको कुरा नाट्यश्वर म्युजिक अवार्ड २०७५ का कार्यक्रम निर्देशक किरण अधिकारीले बताए ।