समाचार

अध्यक्ष दाहालद्वारा हावाहुरीबाट बारा र पर्सामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए ।