समाचार

तराईमा कहिले बाढी त कहिले हावाहुरी, प्रदेश सरकारको ३ लाख राहत (अपडेट)

काठमाण्डौ । आईतबारको हावाहुरीका कारण ३१ जनाको निधन र ४०० भन्दा बढी बाह्रा र पर्सालगायतका स्थानमा निधन भएपछि प्रदेश नम्बर २ मात्र नभएर सिंगो देश नै स्तब्ध भएको छ । सोमबार बिहानै प्रदेश नम्बर २ को प्रदेश परिषदको बैठकले घटनामा निधन भएका परिवारलाई प्रति परिवार तीनलाख सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा, नेपाली काँग्रेस लगायत राजनीतिक दलहरुले उक्त हावाहुरी, अशिानापानीबाट भएको क्षतीलाई गम्भीरतापूर्वक लिएका छन् ।

http://तराईको हुरीका कारण ३० जनाको मृत्यु, ४०० बभन्दा बढी घाईते (अपडेट)

अहिल्यै क्षतीको अन्तिम विवरण आउन नसकेपनि भएको क्षती मुलुकको लागि ठूलै हो । तराईमा बर्षा याममा प्रायः बाढीले सयौंको संख्यामा जनतालाई दुःख दिएपनि यसपटक हावाहुरीले जनधनको ठूलो क्षति भएको छ । यस घटनामा प्रदेश सरकारले प्रारम्भीक चरणमा नै प्रति परिवार रु ३ लाख राहत दिने निर्णय समेत स्वागत योग्य देखिन्छ ।