समाचार

तराईको हुरीका कारण ३० जनाको मृत्यु, ४०० बभन्दा बढी घाईते (अपडेट)

वीरगञ्ज । एक्कासि आईतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा ३० जनाको मृत्यु भएको छ । पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने पर्साका विभिन्न स्थानमा ४०० भन्दा बढी जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।