अन्तर्राष्ट्रिय

तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य

काबुल, अफगानिस्तान । अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ ।

दशकौँदेखि विभिन्न सशस्त्र समूहको सामना गर्दै आएको एशियाली मुलुकमा बेरोजगार दर पनि उच्च रहेको जनाइएको छ । इस्लामिक गणतन्त्र अफगानिस्तानले पहिलो बहुरूपी गरिबी सूचक (ए–एमपिआई) का अनुसार अफगानिस्तानको जनसङ्ख्याको ५१.७ प्रतिशत जनता बहुरूपीय अवस्थामा गरिब रेहेका पाइएको छ । स्वास्थ्य, शिक्षा, जीवन शैली, रोजगारीबाट बञ्चित रहेका र यहाँको राष्ट्रिय उत्पादन, आम्दानी र सुरक्षाले नकारात्मकताको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।

गरिबीको तह सबैभन्दा कम राजधानी काबुलमा १२ प्रतिशत रहेको र विद्रोहीको प्रभाव रहेको द्वन्द्वग्रस्त क्षेत्र बाघिस प्रान्तमा ८१ प्रतिशत रहेको छ । “बहुरूपी सूचकाङ्कले यहाँको मोद्रिक गरिबीको मापदण्ड र जीवनका विभिन्न आयाममा उनीहरूले सामना गर्दै आएको अभावलाई देखाइएको छ,” राष्ट्रिय तथ्याङ्क तथा सूचना निकायका महानिर्देशक अहमद जावेद रसुलीले बताए ।

आइतबार सार्वजनिक यो तथ्याङ्कले अफगानिस्तानको गरिबीको अवस्थामात्र प्रस्तुत गर्ने नभई गरिबी नियन्त्रण नीति विकास गर्नसमेत उपयुक्त साधन बन्ने अधिकारीको भनाई रहेको छ । विज्ञप्ति अनुसार, अफगानिस्तानका बहुरूपी गरिबीको रेखामा रहेका नागरिकमध्ये ५८ प्रतिशत जनता १८ बर्षमूनिका बालबालिका रहेका छन् । तथ्याङ्क अनुसार हरेक १० बहुरूपी गरिबमध्ये झण्डै ६ जनामा गरिबीको चरम प्रभाव रहेको बताइएको छ ।

यहाँको ग्रामिण क्षेत्रमा बहुरूपी गरिबीको अवस्था शहरी क्षेत्रकोे तुलनामा तीन गुणा बढी रहेको र घुमन्ते९कुची० जनसङ्ख्यामा चरम गरिबीको अवस्था सबैभन्दा बढी रहेको पाइएको छ । उनीहरू प्राय घुमेर बस्ने हुँदा उनीहरूले शिक्षा, स्वास्थ्य र बासलगाण्तका अन्य अधारभूत सुबिधासम्म पनि पाउनलाई कठिन हुनेगरेको छ ।

अफगानिस्तानको बालबालिकामा गरिबीको अवस्था निर्धारण गर्ने एक महत्वपूर्ण कारकलाई उनीहरूको शिक्षाको अवस्था रहेको पनि अध्ययनले देखाएको छ । पछिल्लो बर्षहरूमा अफगानिस्तानको अर्थतन्त्र र सुरक्षाको अवस्थामा अनपेक्षित समस्या देखिएपछि उक्त सूचना बाहिर ल्याइएको हो ।