राजनीति

सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालौंः अध्यक्ष थापा

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य लगानी प्रचुर मात्रामा भित्र्याउन लगानीकर्तालाई राष्ट्रमा अब भ्रष्टाचार र अनियमित कार्य हुँदैन भन्ने विश्वास जगाउन आवश्यक रहेको बताएका छन् ।

उनले राप्रपा मकवानपुरद्वारा आइतबार आयोजित ‘हिन्दू सनातन धर्मको पहिचान कायम गरौँ’ भन्ने हस्ताक्षर अभियानको शुभारम्भ गर्दै मुलुकमा प्रधानमन्त्रीले जनताको आर्थिक समृद्धि ल्याउनका निम्ति विदेशी लगानी सम्मेलन सम्पन्न गरेकामा खुसी व्यक्त गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्न आग्रह गरे ।

राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी र राप्रपा केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राप्रपाले ९४ प्रतिशत हिन्दू सनातन धर्मका अनुनायीहरु भएकाले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षताको कारणबाट विभेद गर्न नहुने उल्लेख गर्दै राष्ट्रमा सबल धार्मिक स्वतन्त्रताको र हिन्दूको पहिचान कायम राख्न सबै नेपालीको भावनात्मक सहयोग चाहिएको बताए ।