आर्थिक

महिन्द्राका गाडीहरु विक्री तथा उत्कृष्ट विक्री पछिको सेवा प्रदान

काठमाण्डौ । नेपालको औधोगिक तथा व्यापारिक घराना “एम.भि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्सले विगत सत्ताइस बर्षदेखी महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा उत्कृष्ट विक्री पछीको सेवा प्रदान गरेको छ । नेपालभर ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फतले विक्री पछिको सेवा प्रदानगर्दै आएको छ ।

२०७५ साल चैत्र ११ गते जितपुर, सिमरा, उपमहानगरपालिकामा नवनिर्मित वर्कसपको उद्घाटन महिन्द्राएण्ड महिन्द्राका Customer Care Head“के रवी”, दुगड ब्रदर्स एण्ड सन्सका Vice Chairman“ बिबेक दुगड” महिन्द्रा एण्ड महिन्द्राका Country Head, Nepal & Bhutan, “चैतन्यकागल्कर”, Country Manager-Service, Nepal & Bhutan “तपस पट्टनायक” ,दुगडब्रदर्स एण्ड सन्स Sr. General Manager“ वेद प्रकास शर्मा”, Head of Operations“शम्भु प्रसाद सुवेदि”, Service Head“सुदिप राज सुवेदि”, HOD-HCV, “चन्दन रौनियार”को उपस्थितीमा सम्पन्नभएको छ। २० सर्भिस वे भएको यो वर्कसप १६००० वर्ग फिटको रहेको छ । वर्कशपमा ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७००० वर्ग फिटको पार्ट्स गोदाम पनि उपलब्ध छ । हाम्रो यस वर्कसपको गाडी रिपेयारका लागि अत्याधुनिक सुविधाको साथै कस्टमर लन्जको पनि प्रबन्ध रहेको कम्पनीले जनाएको छ ।

भविष्यमा पनि ग्राहकहरुको लागि थप नयाँ सुविधाहरुको साथनिरन्तर सर्भिस सेन्टरहरुको विकासको लागि तत्पर रहने प्रतिवद्धता गरेको छ ।