समाचार

नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गरे ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योगमन्त्री मातृकाप्रसाद यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गरेका हुन् ।  महासङ्घ अध्यक्ष सिंंहले एशोसिएशनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गरे।