बाग्मती

निःशुल्क खकार जाँचमा भेटिए नयाँ क्षयरोगी

भक्तपुर । नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेट्ने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार शिविरमा नयाँ क्षयरोगी भेटिएको निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिए ।

संस्थाका सभापति राम सिख्वको नेतृत्वमा प्राविधिक ल्याब टोलीसहित क्षयरोगी बिरामी पत्ता लगाउन सङ्कलन गरिएको निःशुल्क खकार शिविरमा नयाँ क्षयरोगी भेटिएको हो । खकार परीक्षण शिविरमा ५६ जनाको ‘स्क्रीनिङ’ गरिएको हो । निःशुल्क खकार शिविरबाट तीनजना क्षयरोगी बिरामी पत्ता लगाइसकेको श्रेष्ठले जानकारी दिए ।