आर्थिक

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ८ शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौँ । माछापुच्छ्रे बैंकले कास्कीमा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइ रहेको छ ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ७३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी  साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९६ वटा शाखालगायत ७३ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १६९ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ११९ वटा एटीएम सञ्चालनमा रहेको छ ।