मनोरञ्जन

गायक योगीको आवाजमा “ तिम्लाई देखी भाछु म के गर्ने ” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । लोक गीत संगीतको बजार फराकिलो बन्दैँ गइरहेको अवस्थामा गायक भिम ज्वलन्त योगी र गायिका भिमा लामिछाने मगरको आवाजमा सजिएको सालैजो भाकामा आधारित मौलिक गीत “ तिम्लाई देखी भाछु म के गर्ने ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मंसिर महिना लाग्दा समेत आफनो मायालुले विश्वास नगर्दा मायाको तडपाईमा रहनुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । आफनो मायालुको घरमा भित्रिनको लागी गायिकाले निकै हतार गरेकी छन । संगीत प्रेमी बावु क्षेत्रीको शब्द तथा कुशल क्षेत्रीको लय सिर्जनामा गीत तयार गरिएको छ ।

नरेश चैसिरको छायाँकन , मनोज कार्कीको सम्पादन ,मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा आयुष्मा कार्की र आयुश क्षेत्रीको अभिनय रहेको छ ।