लुम्बिनी

परराष्ट्रमन्त्री ज्ञवाली र श्रममन्त्री बिष्टको गृहजिल्लाबाट नेकपाका सयौं नेता कार्यकर्ता काँग्रेसमा

काठमाण्डौ । नेपाली काँग्रेस गुल्मीको जिल्ला सम्मेलनमा नेकपाका सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोईराला, काँग्रेसका केन्द्रय सदस्यहरु लगायत दशौं हजारको उपस्थितिमा दुईतिहाई मतको सरकारले देश र जनताका लागि केही गर्न नसकेको आरोप लगाउँदै सयौं नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिएका छन् ।
शनिबार सम्पन्न कार्यक्रममा काँग्रेस नेता कार्यकर्तामात्र नभएर छेउछाउका जिल्लाका हजारौं जनताले उत्शुकताका साथ भाग लिएपछि केन्द्रीय नेताहरु उत्शाहीत भएर काठमाण्डौ फर्किको उनीहरुले फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा पोष्ट गएिका तस्वीरबाट बुझ्न सकिन्छ । केहिदिन अगाडि धरान, बिराटनगर, स्याङ्जा लगायतमा सयौं नेकपाका नेता कार्यकर्ताले काँग्रेसले मात्र मुलुकको काँचुली फेर्न सक्ने भन्दै प्रवेश गरेका थिए । उनीहरुले नेकपा सरकारले सत्ता अझै लम्ब्याउदै जाने हो भने मुलुक बर्बाद हुने समेत ठहर गरेका थिए ।
गुल्मी नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारका परराष्ट्र र श्रम मन्त्री क्रमसः प्रदीप कुमार ज्ञवाली र गोकर्ण बिष्टको गृहजिल्ला हो । उनीहरु दुबै गुल्मीबाट नै संघीय साँसदमा गत बर्षको संघीय निर्बाचनमा निर्बाचित भएका थिए । हाल दुई मन्त्री ओली सरकारका शक्तीसाली मन्त्रीमा पर्दछन् ।

नेता धनराज गुरुङ फेसबुकमा लेख्छन्ः कांग्रेसलाई कठै सकियो भन्ने प्रम ओलीज्यु! गुल्मी कांग्रेसको पहिलो जिल्ला सम्मेलनमा उर्लिएको जनलहरलाई के भन्नुहुन्छ ? यहि कार्यक्रममा नेकपाका सयौं नेता तथा कार्यकर्ता नेकामा प्रवेश गरेका छन्।

 

गुल्मीका स्थानीय नेता एबम् काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी फेसबुकमार्फत भन्छन्, ‘बिचारा के पी ओलीजी र उनको सरकार
–निर्मलाका हत्यारा पत्ता लगाउन सकेन
–३३ किलो सुन पचाउन सकेन
–वाईडवडीको ६ अरब लुकाउन सकेन
–बुडी गण्डकीको कमिसन राख्न सकेन
–सिहदरबार देखी वार्ड सम्म कमाउन लागेका कार्यकर्तालाइ रोक्न सकेन ।
–दिनदिनै को सडक दुर्घटना रोक्न सकेन
कठै बरा के पीजी (द्धन् को कुरा नि जनतालाई बुझाउन सकेन। हुदा हुदाहुदै प्रश्नपत्र जोगाउन सकेन।
जनताको जायज प्रश्नको उत्तर दिनुको साटो उखान टुक्कामा उडाई दिने कुन दिन जनताले नै यहाँहरुलाई उडाई देलान अनि आफुलाई नै खोज्दै बस्नु पर्ला।’

 

-कार्यक्रममा उपस्थित स्थानीयहरु