राजनीति

भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य: उपसभापति निधि

धनुषा । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टी जनाएका छन् । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताए ।

हलुवाई समाजको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटनमा शनिबार जनकपुरमा उपसभापति निधिले प्रदेश २ को नामकरण मिथिला–भोजपुरा हुनुपर्ने धारणा व्यक्त गरे । आठ जिल्लाले मिथिलालाई प्रतिनिधित्व गरेको र वीरगञ्ज भोजपुरी भाषाभाषीको बाहुल्य क्षेत्र रहेकाले नामकरणको सवालमा मिथिला–भोजपुरा उपयुक्त विकल्प रहेको स्पष्ट पारे ।