राजनीति

सभापति देउवाको दाबी: ओली सरकार बनेपछि हत्या, हिंसा र बलात्कारका घटना एकाएक बृद्धी

तम्घास । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना एकाएक बढेको बताएका छन् । सभापति देउवाले भने, “सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ ।”

नेपाली काङ्ग्रेस गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गरेका हुन्

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए । उनले वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गरे । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गरेका थिए।