आर्थिक

लगानीका अवसर पहिल्याउन सम्मेलन सफलः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘नेपाल लगानी सम्मेलन २०७५’ नेपालमा लगानीका अवसर पहिल्याउन सफल भएको बताए । सो अवसरमा मन्त्री खतिवडाले सरकारले निजी क्षेत्रसँग हातमा हात मिलाएर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न तप्पर रहेको उल्लेख गर्दै विदेशी कम्पनी र सहभागीसँगको सहकार्यलाई निरन्तरता दिइने उल्लेख गरे ।

सम्मेलनका संयोजक डा खतिवडाले विभिन्न आयोजनको प्रस्तुति, उत्साहजनक सहभागिता, औपचारिक र अनौपचारिक छलफलले नेपालको लगानीको अवसर पहिल्याएको जनाउँदै नेपालमा व्यावसायिक सञ्जाल विस्तार गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे । उनले प्रस्तावित परियोजनामध्ये निकट भविष्यमा सम्झौताका चरणमा समेत रहेको जानकारी दिँदै नेपाल लगानीमैत्री र समृद्धिका दृष्टिले दक्षिण एशियामा उदाहरणीय बन्ने उद्घोष गरे ।