राजनीति

हजारौं बिद्यार्थीको भबिश्य अन्धकार पार्ने शिक्षामन्त्री पोख्रेलले राजीनामा दिनुपर्छः डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं प्रभावशाली नेता डा. शेखर कोईरालाले शिक्षामन्त्री गिरिराजमणि पाख्रेलको राजीनामा माग गरेका छन् ।

राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण प्रदेस नं–२ को एसइई परिक्षा बिचैमा स्थगित हुन पूगेको भन्दै नेता डा कोईरालाले यस बिषयमा शिक्षामनत्ती जिम्मेवार हुने भनदै उनकोराजीनामा माग गरेका हुन् ।

नेता कोईरालाले प्रश्नपत्र बाहिएिको घटनाबाट हजारौं बिध्यार्थीहरुको भविष्य अन्धकारतर्फ धकेलिएको मा चिन्ता ब्यक्त गर्दै परिक्षाको आफ्नै मर्यादा र गोपनियता हुने भएपनि यस सवालमा संघिय सरकार चुकेको आरोप लगाएका छन् ।

डा. कोईरालाले उक्त गम्भिर घट्नाको नैतिक जिम्मेवारी लिंदै शिक्षामन्त्रीले तत्कालै राजिनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घट्ना नदोहोरिने प्रतिबद्धता राज्यले जनाउँनु पर्दछ, भनेका छन् ।