समाचार

पोख्रेल र श्रेष्ठबीच बारमा आज कडा प्रतिष्पर्धा, १० हजार भन्दा बढी वकीलले मतदान गर्दै

काठमाण्डौ । नेपाल बार एशोसिएसनको नेतृत्वका लागि आज निबाचन हुंदैछ । लोकतान्त्रीकका तर्फबाट अध्यक्षमा सुनिल कुमार पोख्रेलले गरेका छन् भने प्रगतीशीलका तर्फबाट चण्डेश्वर क्षेष्ठले गरेका छन् ।

१० हजार भन्दा बढी प्रतिनिधिले मतदान गरेर नेतृत्व चुन्ने भनिएको प्रत्येक तीन बर्षको निर्बाचनमा एक अध्यक्षका लागि ८ जनाले उमेर्द्वारी दिएको निर्बाचन समितिले जनाएको छ । मतदानका लागि सर्बोच्च अदालत, बार एशोसिएसन, पाटन उच्च अदालत तोकिएको छ । काठमाण्डौ बाहिरभने ३४ वटा मतदान केन्द्र छन् ।

२०१३ साल पौष २८ गते देवनाथ बर्माको अध्यक्षतामा गठन भएको बार एशोशिएसनले आज अध्यक्षसहित ६३ जनाको नयाँ नेतृत्व परिवर्तनको दिन बनाएको छ । बिभिन्न राजनीतिक उतारचढाका बीच सम्पन्न हुन लागेको आजको बार निर्बाचन २५ औं हो ।

लोकतान्त्रीक र प्रगतीशील दुबै पक्षले आफ्नो पक्षले विजय हाशिश्ल गर्ने दाबी गरिरहेका छन् तर दुबै पक्षको कडा प्रतिष्पर्धा हुने तटस्थ वकीलहरुको तर्क छ ।